काठमाडौं । लामो समयसम्म मौन बसिरहेका काठमाडौं महानगरपालिकाका कांग्रेस निकट निर्वाचित वडाअध्यक्षहरु बल्ल जुर्रमुराएका छन् । मेयर बालेनले एकलौटी ढंगले काम गरिरहेको र प्रमुख प्रशासकीय अधिकृत सरोज गुराँगाई गरिएको कार्वाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्ष सहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका हुन्।
आज काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई वडा नं. १७ का अध्यक्ष एवं महानगरका प्रवक्ता नवीन मानन्धरको नेतृत्वमा काठमाडौं महानगरपालिकाका १८ जना वडाअध्यक्ष सहित नेपाली कांग्रेसबाट कार्यपालिका सदस्य भएका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कार्वाही प्रक्रियाको माग गर्दै वडा ज्ञापन पत्र बुझाएका हुन् ।

ूआज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कार्वाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरूले माग गरेकोू काठमाडौँ महानगरपालिका वडा – ८ का वडाअध्यक्ष आशामान संगतले जानकारी दिए
उनले, कामपा वडा नम्बर १२ का वडाअध्यक्षको अध्यक्षतामा कार्यपालिका बैठक तत्काल बोलाउन माग गरेको र तत्कालै प्रशासकीय अधिकृतलाई गरिएको कार्वाही प्रक्रियाको माग सार्वजनिक गर्न बताएका छन् ।